मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करिब १२० किलो गाँजा जब प्रहरीले नियन्त्रणमा लियो

करिब १२० किलो गाँजा जब प्रहरीले नियन्त्रणमा लियो

अपि टाइम्स

काठमाडौं । गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट शुक्रबार सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका(५ बस्ने ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

बिआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको उल्लिखित परिमाणको गाँजासहित उनीहरूलाई नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो। प्रदेश नं। १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले सो गाडीलाई स्कर्टिङ गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा, गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।