मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज शनिबार, कहाँ–कहाँ वर्षाको सम्भावना छ ?

आज शनिबार, कहाँ–कहाँ वर्षाको सम्भावना छ ?

अपि टाइम्स

काठमाडौँ। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर(पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर(पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो ।

आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।
आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।