मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. रोमनाथ सरको परिवारलाई भेट्न रवि आज वाणगंगामा आउँदै

स्व. रोमनाथ सरको परिवारलाई भेट्न रवि आज वाणगंगामा आउँदै

अपि टाइम्स

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार साँझ कपिलवस्तु जाने भएका छन् । दुर्घटनामा निधन भएका पार्टीका लुम्बिनी प्रदेशका शिक्षा विभाग प्रमुख डाक्टर रोमनाथ बरालको परिवारलाई भेट्न सभापति लामिछाने वाणगंगा आउने भएका हुन् ।

वडा नम्बर २ पिपरास्थित घरमा लामिछाने साँझसम्म आइपुग्ने प्रदेश प्रवक्ता कमल पोख्रेलले बताए । पार्टीको महत्वपूर्ण विभागमा रहेर काम गरेका बरालको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको पार्टीको ठहर छ । लामिछानेसंगै केन्द्र र प्रदेशका केहि नेता आउने पोख्रेलले बताए ।

शुक्रबार दाहसंस्कारमै पुग्ने तयारी भए पनि उडानमा भएको गडबडीका कारण उनी आज आउन लागेको बताइएको छ । केहि घण्टा बसेर स्वर्गिय बराललाई श्रद्धाञ्जली दिने र परिवारलाई सान्तवना दिने कार्यक्रम रहेको बताइएको छ ।