मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेढ अरब बजेट हुने वाणगंगामा छैन राम्रो एम्बुलेन्स, विग्रेको भन्दै टंकको उद्धारमा माग्यो गुहार

डेढ अरब बजेट हुने वाणगंगामा छैन राम्रो एम्बुलेन्स, विग्रेको भन्दै टंकको उद्धारमा माग्यो गुहार

अपि टाइम्स

बाणगंगा । कपिलवस्तु जिल्लाकै शिक्षा, स्वास्थ्य, वित्तिय संस्था र पूर्वाधारमा अगाडि समृद्ध बाणगंगा भनेर चिनिने नगरपालिकाले गाउँपालिकासँग एम्बुलेन्स सहयोग मागेको छ ।

तबलप लभगउबलभ।धभदउ बाणगंगा–६ सुठौलीका ३४ वर्षिया युवा टंक न्यौपानेलाई शुद्धोधन गाउँपालिकाको एम्बुलन्ेस सहयोग मागेर उपचारार्थ शुक्रबार काठमाडौ लगिएको हो । मानसिक सन्तुलन गुमाएका टंकको उपचार अभावमा ठेडुल्कामा राखिएका समाचार प्रकाशित भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफू उद्दार गरी सहयोग गर्न तयार भएको सञ्चार माध्यमसँग प्रतिक्रिया दिएका थिए ।

बाणगंगाले एम्बुलेन्स सहयोग मागेको सम्बन्धमा बाणगंगाका मेयर चक्रपाणी अर्यालले लुम्बिनी हवसँग भने नगरमा रहेको पिपरा अस्पतालको एम्बुलेन्स बिग्रीएर पहाडमा जान नसक्ने भएकोले एम्बुलेन्स सहयोग मागिएको छोटो प्रतिक्रिया दिँदै आफू कार्यक्रममा रहेको बताए ।

पिपरा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मेयर अर्याल आफै हुन । मेयर स्वतः अस्पतालको अध्यक्ष हुने व्यवस्था छ । आफै अध्यक्ष रहको अस्पतालको एम्बुलेन्स मर्मत नगरेर अन्य पालिकाहरुसँग एम्बुलेन्स मागेको त्यसरी मागेर कति दिन चल्ने हो ? भन्दै बाणगंगाका स्थानीयले मेयर अर्यालसँग प्रश्न गरेका छन् । उनीहरुले नगरको एम्बुलेन्स तत्काल मर्मत गर्नुपर्ने सुझाव दिएका छन् । लामो समयदेखि पिपरा अस्पतालको एम्बुलेसन्स पहाडी क्षेत्रमा नगएको अस्पताल कर्मचारी स्रोतले जनाएको छ ।

बाणगंगामा पिपरा अस्पताल, शान्ति सिर्जना युवा क्लब मोतीपुर, कपिलवस्तु जेसीज, बाणगंगा यातायात व्यवसायी समिति, रेडक्रस, सि।एण्ड।सि। अस्पतालका गरी ५ वटा एम्बुलेन्स रहेका छन् । यस्तै सुद्धोधन गाउँपालिकामा प्रत्येक वडामा एक एक वटा गरी ६ वटा एम्बुलेन्स रहेका छन्

बाणगंगाका एक स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने अफ्ठ्यारो पर्दा सहयोग माग्ने कुरालाई स्वभाविक लिनु पर्छ तर आफै अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएको अस्पतालको एम्बुलेन्स मर्मत नगर्नु मेयर अर्थात अध्यक्षकै ठूलो कमजोरी भएको उनले बताए ।

डेढ अरब बजेट हुने पालिकाले एम्बुलेनस बिग्रियो भनेर नगरका नागरिकको उद्धारमा गुहारस्वरुप छिमेकी पालिकालाई पत्र काट्नू शोभनीय र लज्जास्पद रहेको सरोकारवालाहरु बताउँछन् ।

वाणगंगाको पिपरा अस्पतालमा भएको एम्बुलेन्स निकै पुरानो छ । पुरानो र खिया लागेको कारण विरामीले त्यहाँ आराम पाउँदैनन् । धेरै विरामीले एम्बुलेन्समा विरामी राख्न र बस्नसमेत समस्या भएको बताउँछन् ।

बाणगंगाले सहयोगका लागि सुद्धोधनलाई काटेको पत्र