काठमाडौँ । सानैदेखि अभिनयमा रुची राख्ने अनिता मगर सांगितिक क्षेत्रमा प्रवेश गरेकी छन् । उमेरले २१ बर्ष लागेकी अनिता सोखल गाउँ नामक म्युजिक भिडिओवाट अभिनयमा प्रवेश गरेकी हुन् ।
चक्लेटी अनुहारकी अनिताले सोखेल गाउँमा विकास श्रेष्ठसंग अभिनय गरेकी छन् । गीतमा स्वर पनि विकासकै रहेको छ । फर्पिङमा छायांकन गरिएको गीतको अभिनयमा अनिता राम्रो गर्ने प्रयास गरेकी छन् ।
सानैदेखि अभिनयमा रुची भए पनि अहिलेसम्म मौका नपाएको भन्दै उनले अवसरको लागि विकास श्रेष्ठलाई धन्यबाद दिइन् । उनले भनिन् ‘त्यति अभिनय गर्ने क्षमता त छैन होला तर राम्रो गर्ने प्रयास गरेकी छु । अभिनयको क्षेत्रमा अगाडी बढ्ने हौसला सोखेल गाउँले दिएको छ ।’
दर्शकको सुझाव र प्रतिक्रियाको आधारमा आफू अघि बढ्ने उनले बताइन् । नृत्य पनि आफ्नो रुची भएको उनी बताउँछिन् । किर्तिपुर घर भएकी उनले कक्षा १२ उत्तीर्ण गरेकी छन् ।
प्रतिक्रिया