मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सकहरुको आन्दोलनमा नेपाल एच. वानको पनि ऐक्यवद्धता

चिकित्सकहरुको आन्दोलनमा नेपाल एच. वानको पनि ऐक्यवद्धता

अपि टाइम्स

काठमाण्डौँ । नेपाल चिकित्सक संघको आन्दोलनमा ‘नेपाल एच. वान’ ले पनि ऐक्यवद्धता जनाएको छ । शनिबार बानेश्वरमा चिकित्सकहरुले गरेको आन्दोलनमा पुगेर एच वानको तर्फबाट अध्यक्ष जनक भुसालले ऐक्यवद्धता जनाए ।

छोटो भाषण गरेका उनले नेपालको अति संवेदनशिल क्षेत्रको रुपमा रहेको स्वास्थ्य क्षेत्र र त्यहाँ कार्यरत डाक्टर, नर्शहरु आन्दोलनमा उत्रनु पर्ने बाध्यता रहेको भन्दै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

चिकित्सकको आन्दोलनमा पिएचडीधारी चिकित्सकहरु सहभागि नभएर टिभी, रेडियोमा अन्र्तवार्ता दिँदै हिँड्नु विडम्बना रहेको भन्दै उनैहरु आन्दोलनको विपक्षमा रहेको भुसालको तर्क छ । अस्पतालमा डाक्टरहरु असुरक्षित रहनु मुलुककै लागि घातक रहेको उनको भनाई छ ।

अहिलेको आन्दोलन डाक्टरको मात्र नरहेर ३ करोड नेपालीको रहेको उनको दावी छ । डाक्टरहरुमाथि कुटपिट र आक्रमण बढ्न थालेपछि केहिदिनदेखि चिकित्सकहरु आन्दोलनमा छन् । आफ्ना माग पुरा नभएसम्म सडक नछाड्ने डाक्टरको भनाई छ । एच वानले कोरियाबाट थर्मल थेरापी मेसिन भित्र्याएर निशुल्क सेवा दिने गर्दछ । यसका मुलुकभर ३० बढी शाखा छन् ।