मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माननीय अधिकारी ज्यू, चुनाव जितेर तपाई कहाँ हराउनु भयो ?

माननीय अधिकारी ज्यू, चुनाव जितेर तपाई कहाँ हराउनु भयो ?

अपि टाइम्स

काठमाडौँ । ३ वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुबाट क्षेत्र नम्बर १ को चुनाव जितेका सांसद हुन् बलराम अधिकारी । उनले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ लाई भारी मतान्तरमा हराएका थिए । चुनाव भएको पनि आज करिब १ बर्ष हुन लागेको छ । यो वीचमा धेरैपटक संसद वैठक बसेको छ । तर कपिलवस्तुका समस्याका आवाज सदनमा सुन्न त्यति पाइँदैन । क्षेत्र नम्बर १ का समस्याका बारेमा अधिकारी बेखबर रहेको गुनासो आइरहेको छ ।

चुनाव जित्ने र घर नफर्कने धेरै सांसदको समस्या छ । कपिलवस्तुबाट चुनाव जितेका अरु सांसद पनि चुनाव जितेपछि गुमनाम हुन्छन् । चुनाव जितेकाहरु कहाँ गए भनेर अहिले धेरै जनताले खोज्न थालेका छन् । यस्तै हुन थालेपछि कपिलवस्तु क्षेत्र नम्बर १ मा स्थायी घर भएका वसन्त पोख्रेलले आफ्नै क्षेत्रका सांसद बलराम अधिकारीलाई सामाजिक संजालमार्फत् प्रश्न गरेका छन् । निर्वाचन क्षेत्रमा धेरै विकृति र विसंगति कायम रहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

फेसबुकमा उनी लेख्छन् ”माननीय सांसद बलराम अधिकारी ज्यु, कपिल्वस्तु जिल्ला निर्वाचन क्षेत्र नं. १ । मलाई लाग्छ तपाईको काम र कर्तब्य आफ्नो निर्वाचन क्षेत्र भित्रकोे बिकृती र बिसंगतीहरुको बिरुद्ध आवाज उठाउने र त्यहाँका जनताको आवाज संसद भवन सम्म पुर्याउने हो । निर्वाचन क्षेत्र नं. १ भित्र कति धेरै विकृती र विसंगती छ भन्ने कुरा म जस्तो समान्य नागरिकलाई पनि जानकारी हुँदै आएको छ, भने तपाई जस्तो परिपक्व संसदलाई कसो जानकारी नहोला ? निर्वाचन क्षेत्र नं. १ भित्र कति विकास निर्माणको कामहरु अलपत्र परेका छन ? कति ठाउँमा विकास निर्माणको काम नै सुरु हुन सकेका छैनन् ? जागदिशपुर तालको सुन्दरता बढाउने र पर्यटकीय हव बनाउने नाममा आजसम्म कहाँ कहाँबाट कति कति बजेट आयो र त्यो कहाँ कसरी खर्च भयो ? तालको सुन्दरता बढाउने काम आजसम्म किन हुन सकेन ? माननीय अधिकारी ज्यू चुनाव जितेर तपाईँ कहाँ हराउनु भएको छ ? तपाई नहराउनु भएको भए सायद यी काम आजसम्म कति भइसक्थे होला ?निर्वाचन क्षेत्र नं. १ भित्रका सरकारी कार्यलयहरुमा कर्मचारीले सेवाग्राही प्रति कस्तो ब्यवहार गर्ने गरेका छन् ? जानकारी छ तपाईलाई ? निर्वाचन क्षेत्र नं.१ भित्र रहेका सामुदायिक विद्यालयहरुको अवस्था कस्तो, सामुदायीक स्वास्थ्य संस्थाहरुको अवस्था कस्तो छ ?
जनप्रतिनिधिहरुले गैरकानुनी रुपमा खोला बेच्ने, सामुदायीक वनका प्रतिनिधिहरुले काठ बेच्ने, जनप्रतिनिधिहरुले नै बाटो मिचेर घरबनाएको भन्ने कुराहरु आईरहेका छन् । माननीय ज्यू तपाईको काँधमा ठुलो जिम्मेवारी छ, निगरानी गर्नुस माननीय ज्यू । सरकार र सम्वन्धित निकायलाई घच्घच्याउनुस । परिर्वतन संभव छ ।”