मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर नबुझ्ने यहाँ सबै रोगी रहेछन्

डाक्टर नबुझ्ने यहाँ सबै रोगी रहेछन्

अपि टाइम्स

कविता

रोग रोग मात्र रहेन यहाँ
सबथोक रोगी रहेछ
दिनदिनै पाँच डाक्टरले
हिंसा भोगिरहेछ !
शाश्वत मृत्युलाई स्वीकार गर्न नसक्ने
लापरबाही र जटिलता छुट्टाउन नसक्ने
लासमाथि पच्चीस लाखको बार्गेनिङ गर्ने
अस्पताल तोडफोड गर्ने
डाक्टरमाथि हातपात गर्ने
नेपाली जनता रोगी रहेछन्।

शान्तिसुरक्षा कायम गर्न नसक्ने
आफ्नै अगाडी डाक्टरमाथि हातपात हुँदा
मुर्तिजसरी ठिङ्ग उभिएर बस्ने
भीडलाई नियन्त्रण नगरी
डाक्टरमाथि लाठीचार्ज गरी साफ चुटेर आएँ
रक्ताम्य बनाएर आएँ भन्ने
पुलिस प्रशासन रोगी रहेछ ।

गृह मन्त्रालयलाई केही भने सुन्न झर्कै लाग्ने
हामी एकथोक भन्छौँ उनीहरुलाई अर्कै लाग्ने
गुन्डाहरुलाई काखी च्यापेर भ्रष्टाचार गर्ने
निमुखा डाक्टरको मुख मोसेर ब्यापार गर्ने
आँखा नदेख्ने, कान नसुन्ने, कानुन पनि नमान्ने
बर्खास्त गर्नुपर्नेलाई निलम्बन गरेर सजाय भयो भन्ठन्ने
गृह मन्त्रालय रोगी रहेछ।

असुरक्षाको कारण डाक्टरहरु विदेश पस्ने
के अब बिरामी धामीझाँक्रीकोमा गएर खरानी घस्ने?
पचास पचास लाख लुटेर मेडिकल माफिया पोस्ने
डाक्टरहरुलाई ऋणको पासोमा फसाएर रोजीरोटी खोस्ने
आत्महत्या गर्न डोरी दिन्छु भन्ने
स्वास्थ्य मन्त्रालय रोगी रहेछ

पत्रकार महोदयलाई माइक बोक्न पाए हुने
के बोल्ने के नबोल्ने थाहै छैन
मनपरी कलम चलाए हुने
डाक्टरको कामलाई लापरवाही
डाक्टरलाई हत्यारा भन्दिने
डाक्टरको मर्यादाको धज्जी उडाएर
सस्तो पत्रकार बन्दिने
राज्यको चौथो अङ्ग भएर पनि
टिआरपी मा बिक्ने
पत्रकार रोगी रहेछ

कानुन अनुसार मुद्धा चलाउन नसक्ने
वकिल रोगी रहेछ
पाँच सयको अक्सिमिटरलाई पाँच हजार लिने
ब्यापारी रोगी रहेछ
कामकारवाहीमा सुस्त भ्रष्टाचारमा लिप्त
सरकारी कर्मचारी रोगी रहेछ
जनतालाई सडकमा ल्याएर
आफ्नो दरबार खडा गर्ने नेता रोगी रहेछ
हजारौं छोटे राजाहरु बनाउने
शासकीय सत्ता रोगी रहेछआत्म हत्या गर्न डोरी दिन्छु भन्ने
स्वास्थ्य मन्त्रालय रोगी रहेछ

डाक्टर सृजना कटवाल
डाक्टर कलेन्द्र विष्ट