मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलेसियाविरुद्ध नेपालको शानदार जित, पुग्यो क्वार्टरफाइनलमा

मलेसियाविरुद्ध नेपालको शानदार जित, पुग्यो क्वार्टरफाइनलमा

अपि टाइम्स

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल अन्तिम ८ मा प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स ७४ रनमा अलआउट भएको थियो । मुआवियाथ गनीले सर्वाधिक ३६ रन बनाएको माल्दिभ्सको इनिङ्समा रसिद रसमले नटआउट १२ रन बनाए । फरिद शियसले १० रन जोडे । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा पोविलियन फर्किएका थिए ।

नेपालका अभिनाष बोहराले सर्वाधिक ६ विकेट हात पारे । सोमपाल कामी, गल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ५२ रन बनाएको इनिङ्समा कुशल मल्लले नटआउट ४७ रन बनाएका थिए । गुल्सन झा र कुशल भुर्तेलले समान ३५ रन बनाएका थिए । आरिफ शेख ६ रनमा आउट हुदाँ सन्दीप जोराले ५, दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । सोमपाल एक रनमा अविजित रहे ।

माल्दिभ्सका नजवान इस्माइलले सर्वाधिक ३ विकेट लिए । नासिर इस्माइल, मोहमद मिभान र थालाल रोयले समान एक विकेट हात पारे ।

पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा शानदार जित सहित अन्तिम ८ को यात्रा तय गरेको छ ।