मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिर्ता भयो पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि

फिर्ता भयो पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि

अपि टाइम्स

काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी गरेको मूल्यवृद्धि फिर्ता भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले यसअघिकै मूल्य कायम हुने गरी शनिबार गरिएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई निर्देशन दिने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिइएको जानकारी दिइन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार निगमका कार्ककारी निर्देशक उमेशप्रसाद थानीलाई बोलाएर सरकारलाई जानकारी नै नदिइ मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन वा पुनरावलोकन गर्न थानीलाई निर्देशन दिएका थिए।

पछि मन्त्रिपरिषद्‌ बैठकले समेत मूल्यवृद्धिको निर्णय फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो। निगमले सूचना जारी गरेर पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम भएको घोषणा गर्ने बताइएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१४ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। यस्तै हवाई इन्धन ९आन्तरिक०मा प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर १।०३५ अमेरिकी डलर मूल्यवृद्धि भएको थियो।

मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर अधिकतम १८५ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर अधिकतम १७९ रुपैयाँ पुगेको थियो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ११० रुपैयाँ पुगेको थियो।

चाडपर्वको मुखमा उपभोक्तालाई मार पर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो। विरोधपछि सरकारले निगमलाई मूल्यवृद्धि फिर्ताका लागि निर्देशन दिने निर्णय गरेको हो।