मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१९ औं एसियाली खेलकुदः क्रिकेटमा आज नेपाल र भारत खेल्दै

१९ औं एसियाली खेलकुदः क्रिकेटमा आज नेपाल र भारत खेल्दै

अपि टाइम्स

काठमाडौँ । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान ६ः ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नछन् । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको ।

नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि२० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो ।

ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो ।