मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालविरुद्ध भारतका जैसवालको शतक

नेपालविरुद्ध भारतका जैसवालको शतक

अपि टाइम्स

काठमाडौं । ओपनर यशस्वी जैसवालले विष्फोटक ब्याटिङ गर्दै १९औं एसियाडको पुरुष क्रिकेट क्वाटरफाइनलमा नेपालविरुद्ध शतक हानेका छन् ।

जैसवालले ४८ बलमा १०० रन बनाएका हुन् । उनले ७ छक्का र ८ चौका प्रहार गर्दै शतक हानेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले जैसवालको विष्फोटक ब्याटिङमा १६ ओभरमा चार विकेटको क्षतिमा १४९ रन बनाएर खेलिरहेको छ ।

१०० रन बनाएसँगै जैसवाल दीपेन्द्रसिंह ऐरीबाट आउट भएका छन् ।