मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको झारखण्डमा वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गयो

भारतको झारखण्डमा वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गयो

अपि टाइम्स

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा ठूलो वर्षा र चट्याङका कारण आठ जनाको ज्यान गएको छ ।

क्षेत्रीय विपद् व्यवस्थापन निकायका अनुसार वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।

झारखण्डका केही भागमा शनिवारदेखि नै पानी परिरहेको छ । घर तथा भौतिक संरचनामा पनि क्षति पुगेको छ । सडक पनि डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ ।

भारतीय मौसम विज्ञान विभागले अझै दुईरतीनदिनसम्म भारतका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ ।