मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पका कारण सुदूरपश्चिमका घरहरूमा क्षति

भूकम्पका कारण सुदूरपश्चिमका घरहरूमा क्षति

अपि टाइम्स

धनगढीः सुदूरपश्चिममा भूकम्पका कारण केही घरहरूमा क्षति पुगेको छ।

मंगलबार दुई पटक भुकम्प गएको छ। २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युट र ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो।

सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पका कारण बझाङको सदरमुकामका केही पक्की घरहरू पनि चर्किएका छन्।

यस्तै गाउँका केही कच्ची घरहरू भत्किएका छन्। भूकम्पले गरेको क्षतिबारे थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

अछाममा भूकम्प आउँदा भवनबाट हामफालेर एक विद्यार्थी घाइते बनेका छन्।