मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय जान्छु भनेर हिँडेका वाणगंगाका यी दुई वालिका १८ दिनसम्म घर आएनन्

विद्यालय जान्छु भनेर हिँडेका वाणगंगाका यी दुई वालिका १८ दिनसम्म घर आएनन्

अपि टाइम्स

वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट २ जना वालिका वेपत्ता भएका छन् । गत भदौ २९ शुक्रबार बिहान बिद्यालय जान्छु भनेर हिडेका २ बालिका १८ दिनसम्म पनि सम्पर्कमा नआएपछि उनीहरु वेपत्ता भएको परिवारजनले बताएका छन् ।

वडा नम्बर १ को उत्तमनगर घर भएकी स्थानीय बाल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया छोरी विष्णु छहारी हराएको उनका बाबु प्रेम बहादुरी छहरीले बताए ।

यस्तै वडा नः २ को राजपुरकी १५ वर्षीय सिर्जना ठकुरी गत १८ दिनदेखि बेपत्ता भएका बताइएको छ । सिर्जनाका बाबु मन बहादुर शाही ‘ठकुरी’ ले छोरीलाई खोजिदिन आग्रह गरे ।

लामो समयसम्म पनि छोरीहरुको खबर प्राप्त नभएको हुनाले खोजि गरिदिन प्रहरीलाई समेत आग्रह गरिएको परिवारजनले बताए ।