मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ भूकम्पः घाइतेको संख्या १३ पुग्यो, २० भन्दा बढी संरचना भत्किए

बझाङ भूकम्पः घाइतेको संख्या १३ पुग्यो, २० भन्दा बढी संरचना भत्किए

अपि टाइम्स

धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए ।

भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् ।

बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

राष्ट्रि भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।