मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाडपर्वमा कालोबजारी गर्ने र मुल्य बढाउनेलाई सरकारले कारबाही गर्ने

चाडपर्वमा कालोबजारी गर्ने र मुल्य बढाउनेलाई सरकारले कारबाही गर्ने

अपि टाइम्स

काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र कानुनी भण्डारण गर्नेलाई प्रचालित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले उपभोक्तासँग मूल्य वृद्धि, कालोबजारी जस्ता अवैध कार्य गर्नेहरुको सूचना भए हेल्लो सरकार तथा वाणिज्य विभागमा जानकारी गराउन पनि भनेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा राख्दै सुपथ मूल्यमा उपभोक्तालाई खाद्य वस्तु उपलब्ध गराउन यथासक्य छिटो सहुलियत पसल सञ्चालनका लागि सरकारी नियकालाई आग्रह गर्ने निर्णय सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।