मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन् २०३० को विश्वकप तीन महादेशमा

सन् २०३० को विश्वकप तीन महादेशमा

अपि टाइम्स

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल तीन महादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । फिफाले सन् २०३० को विश्वकप तीन महादेशका तीन देशमा आयोजना हुने औपचारिक रुपमा पक्का गरेको हो ।

स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा सन् २०३० को विश्वकपको आयोजना गर्नेछन् । र विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछ ।

यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ ।

फिफाले यो समेत पुष्टि गरेको छ कि एसियाली फुटबल महासंघ र ओशिनिया फुटबल महासंघको प्रस्तावमात्र सन् २०३४ को विश्वकपका लागि विचार गरिनेछ ।

यस निर्णय पश्चात साउदी अरबले सन् २०३४ मा हुने प्रतियोगिताका लागि प्रस्ताव पेश गर्ने भएको छ ।

ुविभाजित विश्वमा फिफा र फुटबलले मात्र एकताबद्ध बनाउनेछ ।ु सन् २०३० को विश्वकपलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ।

उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकपको आयोजना गरेको थियो । सन् २०३० मा अर्जेन्टिना र पाराग्वेले उद्घाटन खेल आयोजना गर्नेछन् । त्यसपछि ४८ टिमको प्रतियोगिता उत्तरी अफ्रिका र युरोपमा आयोजना गरिनेछ ।

सन् २०३० को प्रस्ताव स्विकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ । सन् २०१० मा साउथ अफ्रिकाले प्रतियोगिताको आयोजना गरेको थियो ।

स्पेन समेत सह–आयोजकको रुपमा जोडिएको छ । स्पेनिस फुटबल संघका अध्यक्ष लुईस रुबेल्सले चुम्बन काण्डपछि राजीनामा दिएपछि स्पेन विश्वकपको आयोजक देशको रुपमा जोडिएको हो ।