मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाडमा कराँतेका तीन खेलाडी बाहिरीए

एसियाडमा कराँतेका तीन खेलाडी बाहिरीए

अपि टाइम्स

काठमाडौं । एसियन गेम्स अन्तर्गत करातेको पहिलो दिन नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तीनै खेलाडी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ७५ केजीमुनि नेपालका शेखु मोहम्मद आलम काजाकिस्तानका खेलाडीसंग पराजित भए ।

काजाकिस्तानका नुरकान्त अझिकानोभले शेखुलाई ५–० ले पराजित गरे । रिपेचेजको पहिलो बाउटमा बाइ पाएका शेखु रिपेचेजकै अर्को बाउटमा भने किर्गिस्तानका नजिम नुर्लानोभसंग २–० ले चुके ।

एकल काताको पुरुषमा स्वर्णनिम मानन्धर तथा महिलामा एलिसा मागर रास्कोटी पनि अघि बढ्न सकेनन् । स्वर्णिमले ३८।३० तथा एलिसाले ३७ दशमलव ३० अंक जोडे । कराँतेबाट अब ५ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।