मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपः इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित, २ खेलाडीको शतक

विश्वकपः इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित, २ खेलाडीको शतक

अपि टाइम्स

एजेन्सी । ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याटर रचिन रविन्द्रको उत्कृष्ट शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६।२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे । कन्वेको यो ओडिआई करिअरको पाँचौं र उत्कृष्ट प्रदर्शन हो ।

अर्का युवा अलराउन्डर रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए । रविन्द्रको यो पहिलो शतक हो ।

ओपनर विल योंग साम करनको बलमा शून्यमै जस बटलरबाट क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्डले १० रन जोडेको थियो ।
न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

इंग्ल्यान्डले अव मंगलबार बंगलादेशसँग धर्मशालामा खेल्नेछ । न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ । शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।