मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोविता गौतमले पाइन् ‘One Young World Politician of the Year 2023’

सोविता गौतमले पाइन् ‘One Young World Politician of the Year 2023’

अपि टाइम्स

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौत्मले अन्र्तराष्ट्रिय अवार्ड पाएकी छन् । बेलायतको उत्तरी आयरल्याण्ड, बेलफास्टमा १९० भन्दा बढी देशका प्रभावशाली युवाहरू सहभागी भएको युवा सम्मेलनमा नेपाली युवा राजनीतिज्ञहरुको प्रतिनिधित्व गर्दै गौतमले अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सुम्पन चाहेको उनले बताइन् । फेसबुकमा उनले भनेकी छन् ”बेलायतको उत्तरी आयरल्याण्ड, बेलफास्टमा १९० भन्दा बढी देशका प्रभावशाली युवाहरू सहभागी भएको युवा सम्मेलनमा नेपाली युवा राजनीतिज्ञहरुको प्रतिनिधित्व गर्दै ‘One Young World Politician of the Year 2023’ अवार्ड ग्रहण गर्न पाउँदा अत्यन्तै खुशी लगेको छ । यो अवार्ड सम्पुर्ण नेपाली, काठमाडौँ क्षेत्र नम्बर २ का मतदाता, राष्ट्रिय स्वतन्त्र पार्टी, लगायत सम्पुर्ण युवा वर्ग प्रती समर्पित गर्न चाहन्छु ।#oneyoungworld2023