मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलाडीलाई प्रोत्साहन गर्दै चन्द पोलिक्लिनिक, फुटबल संघसंग गर्यो यस्तो सम्झ्यौता

खेलाडीलाई प्रोत्साहन गर्दै चन्द पोलिक्लिनिक, फुटबल संघसंग गर्यो यस्तो सम्झ्यौता

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु जिल्ला फुटबल संघ र चन्द पोलिक्लिनिकबिच सेवाको लागी सम्झौता भएको छ । फुटबल संघ सँग चन्द पोलिक्लिनिकले संघका सदस्य, खेलाडीहरू र उनीहरूको परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि सम्झौता भएको हो ।

सम्झौता पत्रमा चन्द पोलिक्लिनिकका तर्फबाट कपिलवस्तुका ११ खेलाडीहरूलाई फार्मेसी बाहेक उपचारमा निःशुल्क गर्ने, खेलाडीहरूको परिवारहरूलाई फार्मेसी बाहेक अन्य उपचारमा २० प्रतिशत छुट दिने सर्तहरू कायम गरिएको छ ।

यस्तै संघका तर्फबाट चन्द पोलिक्लिनिकका लाई हरेक क्रियाकलापमा मेडिकल पार्टनरको रुपमा राख्नुपर्ने र अन्य विषयहरू आपसी सहमतिका आधारमा गरिने गरि सम्झौता गरिएको हो ।

जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापा र चन्द पोलिक्लिनिकका सञ्चालक दिपेन्द्र चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला फुटबल सघ र चन्द पोलिक्लिनिक बिच २ वर्षको लागी लागू हुने गरि सम्झौता भएको हो ।