मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यूत प्राधिकरण तौलिहवाले काटेको पत्रमा त्रुटी नै त्रुटी

विद्यूत प्राधिकरण तौलिहवाले काटेको पत्रमा त्रुटी नै त्रुटी

अपि टाइम्स

काठमाण्डौँ । नेपाल विद्यूत प्राधिकरण तौलिहवा वितरण केन्द्रले कपिलवस्तुले काटेको पत्रमा त्रुटी नै त्रुटी देखिएका छन् । विद्यूत अवरुद्धबारे सुचना दिन काटिएको पत्रमा जिल्लाका ठाउँको नाम नै बिग्रिएको देखिन्छ ।

इन्जिनियर तिलकराम चौधरीको हस्ताक्षर रहेको पत्रमा गोरुसिंगेलाई ‘गोरुसिंघे’-गुरुसिन्धे’, दायाँ बाँयालाई ‘दया बया’, पत्थरकोटलाई ‘पथार्काेट’ लेखिएको देखिन्छ । यस्तै अन्य थुप्रै ब्याकरणिक त्रुटी पनि छन् ।

शनिबार (असोज २०) गते तौलिहवा वितरण केन्द्र अन्तर्गतका गोरुसिंगे पत्थरकोट लगायतका स्थानमा ३३ केभी लाइनको वरिपरि सफाई गरिने भएकाले विद्यूत जाने भनेर सुचनामा उल्लेख गरिएको छ ।

नेपाली भाषा विज्ञानका शिक्षकले सरकारी कार्यालयबाट काटिने /सार्वजनिक हुने पत्रमा कुनै पनि भाषिक र ब्याकरणिक त्रुटी हुन नहुने बताउँछन् ।

पत्र सार्वजनिक हुनासाथ विद्यूत प्रवाह हुने स्थानको नाममा नै प्राधिकरणका कर्मचारीको अनविज्ञता रहेको भनेर आलोचना पनि हुन थालेको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले फेसबुकमार्फत् पत्र सार्वजनिक गर्दै लेखेका छन् एउटा चिट्ठी त राम्रोसंग लेख्नुस् इन्जिजियर साब् भनेर आलोचना र ब्यङ्गय गरेका छन् ।