मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

अपि टाइम्स

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।

शनिबार विश्वासको मत लिनुअघि बसेको पार्टीको संसदीय दलको बैठकमा उनले राजीनामा दिन लागेको जानकारी गराएका थिए।

संविधानको धारा १६३ ९३० अन्तर्गत बनेको सरकारले विश्वासको मत नपाए पुुनः १६८ ९५० अन्तर्गत बन्ने सरकारको मुख्यमन्त्री दाबी गर्न नपाउने सुझाव लिएर उनले राजीनामा दिएका हुन्।

लगत्तै बसेको प्रदेशसभा बैठकमा उनले प्रदेशप्रमुख समक्ष राजीनामा बुझाउने प्रतिवद्धतता जनाएका छन्। त्यसपछि आजका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।

कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ ९३० अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रवधान अनुसार शनिबारका लागि प्रदेशसभा बैठक आह्वान भएको थियो।