मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यावधि निर्वाचन जनताको माग होइन, रोक्न जस्तोसुकै त्याग गर्न तयार छुः हिक्मत कार्की

मध्यावधि निर्वाचन जनताको माग होइन, रोक्न जस्तोसुकै त्याग गर्न तयार छुः हिक्मत कार्की

अपि टाइम्स

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मध्यावधि निर्वाचन रोक्न जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘हामी केही महिनाभित्र मध्यावधि निर्वाचनमा जानुपर्छ। यो जनताको माग होइन। एक त प्रदेशसभा संरचनाप्रति आलोचना टिप्पणी छ। आजै हामी यहाँ बसिरहँदा विराटनगरमा प्रदेश संरचना खारेजीको नारा लाइरहेको छ,’ कार्कीले भने।

उनले मुलुकको आर्थिक अवस्थाले पनि निर्वाचनको पक्षमा माहोल नभएको बताए। कार्कीले मध्यावधि निर्वाचन रोक्न एमाले दुई हात उठाएर सहयोग गर्न तयार रहेको बताए।

‘नेकपा एमाले जस्तोसुकै प्रकारको सहमति, सहकार्य र आपसी एकता र विश्वास सिर्जना गर्नुपर्छ, मुख्यमन्त्रीको कुर्सीमा मात्रै होइन, हामी सुकुलमा बसेर पनि प्रदेशको एकता, शान्ति र विकासलाई अघि बढाउन जस्तोसुकै त्याग गर्न पनि तयार छ,’ उनले प्रदेशसभा बैठकमा भने।

कार्कीले आजै राजीनामा दिने घोषणा गर्ने तयारी गरेका छन्।