मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाली खेलकुदको क्रिकेटमा भारतलाई स्वर्ण

एसियाली खेलकुदको क्रिकेटमा भारतलाई स्वर्ण

अपि टाइम्स

काठमाडौँ । भारतीय क्रिकेट टोलीले चीनको हाङझाओमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत टी २० क्रिकेटमा स्वर्ण पदक जितेको छ।

शनिबार भएको फाइनलमा भारतले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको अफगानिस्तानले १८।२ ओभरमा ५ विकेट गुमाउँदै १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
वर्षाका कारण खेल रद्द हुँदा भारतलाई हाई सिडिङको आधारमा स्वर्ण पदक दिइएको हो।

क्रिकेटमा हाइ सिडिङ भनेको कट अफ बिन्दुमा प्रत्येक सहभागी राष्ट्रको वरियताको आधारमा दिईन्छ।

एसियाडमा सिधै क्वार्टरफाइनल खेलेको भारतले नेपाललाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

आजै कास्य पदकका लागि भएको स्पर्धामा पाकिस्तानलाई हराउँदै बंगलादेशले पदक जितेको छ।
भभारतले स्वर्ण जितेसँगै अफगानिस्तानले रजत पदकमा चित्त बुझाउनु परेको छ।