मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमास इजरायलइ युद्धः गाजा क्षेत्रको अवस्था भयावह, २३० बढीको मृत्यु,

हमास इजरायलइ युद्धः गाजा क्षेत्रको अवस्था भयावह, २३० बढीको मृत्यु,

अपि टाइम्स

एजेन्सी । हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा धेरै हवाई हमला गरेको छ। बीबीसीको समाचारअनुसार इजरायली कारबाहीमा गाजामा बसोबास गर्ने २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारभन्दा बढी घाइते भएका छन्।

इजरायलको सेनाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेका गाजापट्टीका विभिन्न सात क्षेत्रका मानिसलाई आफ्नो घर छाडेर सहरको केन्द्र वा आश्रयस्थलमा जान आग्रह गरेको छ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ठूलो संख्यामा मानिसहरू आफ्नो घर छाडेर संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रय गृहमा बस्न थालेका छन्।

गाजाका बासिन्दाले सामाजिक सञ्जालमार्फत त्यहाँको अवस्था जानकारी गराइरहेका छन्।