मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसियाली खेलकुदः महिला भलिबलमा नेपालले मङ्गोलियालाई हरायो

एसियाली खेलकुदः महिला भलिबलमा नेपालले मङ्गोलियालाई हरायो

अपि टाइम्स

काठमाण्डौ । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।

आज बिहान भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।

निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो । एसियाली खेलकुदको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।