मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक जग्गा दुरुपयोग हुँदा पनि वाणगंगा नगरपालिका मौन, अख्तियारले काट्यो पत्र

सार्वजनिक जग्गा दुरुपयोग हुँदा पनि वाणगंगा नगरपालिका मौन, अख्तियारले काट्यो पत्र

अपि टाइम्स

कपिलवस्तु । सार्वजनिक (विद्यालयको जग्गा) मा अतिक्रमण र दुरुपयोगपन बढ्दा पनि बाणगंगा नगरपालिका मौन रहेको पाइएको छ । यो विषयमा उजुरी परेपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पत्र नै काटेको छ । त्यसपछि यो विषय बाहिर आएको हो । कहाँसम्म भने विद्यालयको जग्गामा भूमाफियाहरुले घडेरी बनाउने, बाटो निकाल्ने र विक्रिसम्म गर्न थालेका छन् ।

यस्तो कार्यमा कतिपय जनप्रतिनिधि सम्मिलत देखिन्छन् भने यो अवस्थाबारे थाहा हुँदा हुँदै पनि नगरपालिकाको जनप्रतिनिधि टोली मौन देखिएका छन् । वडा नं ७ मोतिपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा अक्रिक्रमण बढेको र त्यसमा भूमाफियाले रजाँई गरेको देखिन्छ ।

श्री आत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानिय जग्गा व्यापारीहरुले व्यापार गर्न मनपरि बाटो निकालेर प्लटिङ् गरि घडेरी विक्रि गरेकोसमेत पाईएको हो ।

यसरी विद्यालयको जग्गामा मनपरि गरेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरी समेत परेको पाईएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाणगंगा नगरपालिकालाई पत्राचार गर्दै जग्गामा हाल विद्यालय वाहेक अन्य कुनै व्याक्ति संघ संस्था ले उपयोग गरेका छन् छैनन् । फिल्ड स्केच सहित विवरण खुलाई प्राविधिक स्थलगत प्रतिवेदन सहित राय प्रतिक्रिया उपलब्ध गराउन माग गरेको छ ।

मोतिपुर बनगाई सड्क खण्डको मध्येभाग मित्रपथ बाट करिव ३ सय मिटर पश्चिममा सड्क किनार हुदै उक्त जग्गा डेढ विगाह बढी रहेको जनाईएको छ ।
सो जग्गाको पछाडी विभिन्न किसानहरुसँग स्थानिय जग्गा व्यापारी सिद्ध अधिकारी लगाएका व्याक्तिले जग्गा खरिद गरि विद्यालयसँग सहकार्य नै नगरि मनपरि बाटो खोलेर प्लटिङ्ख गरेको स्थानीय एक व्यक्तिले नाम नबताउने शर्तमा बताए ।
यता आत्मबोध विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद ज्ञवालीले विद्यालयको जग्गा सो ठाउँमा रहेको र बाटो खोलेको विषयमा आफुहरुलाई कुनै जानकारी नरहेको बताए । उनले केही समय पछी यस क्षेत्रका जनप्रतिनिधिहरु र विद्यालय व्यवस्थापन समिति शिक्षकहरु लगाएतको टोली आउने समेत बताए ।

यता जग्गा व्यापारी सिद्ध अधिकारीले २०२८ सालदेखि सो जग्गामा बासोबास गर्दै आएकी राधिका थारुले बाटो निकालेको र बाँकी पछाडी आफुहरुले बाटो निकालेको बताए ।

त्यहाँ बसोबास गरेको भनिएकी थारुलाई अधिकारी लगाएतको टोलीले सो जग्गा विद्यालयको भएको र विद्यालयको जग्गामा तिमिलाई भोली अप्ठ्यारो पर्न सक्छ जग्गामा आफुहरुलाई बाटो दिए सो जग्गाको साटो उनको नाममा १ कठ्ठा जग्गा आफुहरुले दिने भनेपछी प्रलोभनमा परेर बाटो लिएको अधिकारी निकटका एक व्याक्तीले बताए ।

यसरी विद्यालयको नाममा रहेको जग्गाको ठुलो भुभागमा खानेपानी का लागि बोरिङ्ख गडान गरि कम्पाउण्ड समेत गरिएको छ । सो विषयमा समेत विद्यालयलाई जानकारी छैन् । बाणगंगाका उत्तरी क्षेत्रमा रहेका अधिकांश विद्यालयहरु समेत आत्मबोध विद्यालयकै नामको जग्गामा रहेको समेत पाईएको हो ।