मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपः अष्ट्रेलियाले भारतलाई दियो २ सय रनको लक्ष्य

विश्वकपः अष्ट्रेलियाले भारतलाई दियो २ सय रनको लक्ष्य

अपि टाइम्स

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अमेरिकासामु २ सय रनको लक्ष्य प्रस्तुत गरेको छ।

एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ४९।३ ओभरमा १ सय ९९ रन बनाउँदा सबै विकेट गुमायो।

खराब ब्याटिङ गरेको अष्ट्रेलियाका लागि स्टेभन स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए। ७१ बलमा ५ चौका हानेका स्मिथ रवीन्द्र जडेजाको बलमा बोल्ड आउट भए।

ओपनर डेभिड वार्नर ४१ रनमा क्याच आउट भए। म्यार्नस लाबुसचेनले २७, ग्लेन म्याक्स वेल र कप्तान प्याट कुमिन्सले समान १५ रन थपे।

भारतका रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिए। कुलदिप यादव र जसप्रित बुमराहले समान २ विकेट लिए।

रविचन्द्रन अश्विनले १ विकेट आफ्नो नाममा गरे। भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।