मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ क्रसर उद्योगको लागि निवेदन दिन सरकारको आह्वान

नयाँ क्रसर उद्योगको लागि निवेदन दिन सरकारको आह्वान

अपि टाइम्स

काठमाडौँ । सरकारले क्रसर उद्योगको लाइसेन्स खुलाएको छ। नयाँ मापदण्ड तयारगरी आइतबार नयाँ लाइसेन्सका लागि आह्वान गरिएको हो।

उद्योग विभागले भर्खरै क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड तयार गरेको थियो।
यसमै आधारित भएर नयाँ लाइसेन्स खुला गरेको हो। एक सूचना जारी गर्दै मापदण्ड बमोजिम लाइसेन्सको लागि निवेदन दिन अग्राह भएको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले पहिले नै निवेदन दिएर र नयाँ उद्योग अनुमति को लागि मापदण्ड अनुसार उद्योग रहने स्थानको टोपोसिट तथा कित्ता नापी नक्सा समेत पेश गर्न सूचना जारी गरिएको छ।’

विभागका अनुसार दर्ता प्रक्रियाका लागि पनि नयाँ मापदण्ड आवश्यक परेकोले गत वर्षदेखि त्यसमा गृहकार्य भइरहेको थियो। उक्त गृहकार्यअनुसार अहिले मापदण्ड कार्यन्वयनमा आएको हो।