मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज २९ गतेदेखि नयाँ नोट, एक जनाले कति पाउँछन् ?

असोज २९ गतेदेखि नयाँ नोट, एक जनाले कति पाउँछन् ?

अपि टाइम्स

काठमाडौँ । चाडबाड लक्षित नयाँ नोट वितरण यही असोज २९ गतेबाट हुने भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै असोज २९ गतेबाट नयाँ नोट सटही सुरु गर्ने जनाएको छ।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्ने बताएको छ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।