मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो मोतिपुर कप फुटवलमा वेलफेयरको बिजयी सुरुवात

दोस्रो मोतिपुर कप फुटवलमा वेलफेयरको बिजयी सुरुवात

अपि टाइम्स

कपिलवस्तु । ‘दोस्रो मोतिपुर फूलबारीकप फूटबल २०८०’ मा बाणगङ्गा वेलफेयर एण्ड स्पोर्ट क्लबले बिजयी सुरुवात गरेको छ । वडा नम्बर ७ मा रहेको मोतिपुर प्रगतिशील युवा क्लवको आयोजनामा शनिबारदेखि सुरु भएको खेलमा आयोजकलाई हराउँदै वाणगंगाले विजयी सुरुवात गरेको हो ।

निर्धारित ९० मिनेटको खेमा दुवै टिमबाट १–१ गोलको बराबरीपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा वेलफेयर भाग्यमानी सावित भयो । उसले ४ गोल गर्दा प्रगतिशिलले जम्मा २ गोल गर्यो । खेल हारेसंग आयोजक प्रतियोगिताबाट बाहिरएको छ ।
प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको थियो । क्लबका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य बलराम अधिकारी, प्रदेश सांसद विष्णु पन्थी, नगर पालिकाका मेयर चक्र अर्याल, वडा नम्ब्र ७ का वडा अध्यक्ष विष्णु गिरी लगायतको सहभागिता थियो । कार्यक्रमाको संचालन पत्रकार राजेन्द्र खनालले गरेका थिए ।