मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा हुने साइकल प्ल्याङ्कमा भारतबाट पनि सहभागि हुने, ट्रयाक बन्दै

कपिलवस्तुमा हुने साइकल प्ल्याङ्कमा भारतबाट पनि सहभागि हुने, ट्रयाक बन्दै

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुमा दोश्रो पटक हुन लागेको ‘साइकल प्ल्याङ्क ब्यालेन्स प्रतियोगिता’ मा भारतबाट पनि सहभागिता हुने भएको छ । वाणगंगा नगरपालिकाको वडा नम्ब्र ३ राजापानी सामुदायिक वनको पोखरीमा हुन लागेको प्रतियोगितामा भारतबाट पनि केहि साइकल राइडरको सहभागिता हुन लागेको हो ।

यस प्रतियोगिताबारे थाहा पाएपछि छिमेकी राष्ट्र भारतबाट पनि केहि राइडरले सहभागिता जनाउन लागेको र केहि राइडर आउन थालेको प्रतियोगिताका संयोजक विष्णु घिमिरेले जानकारी दिएका छन् । भारतीय राइडर मनिश कुमारले पनि आफू प्रतियोगितामा आउन लागेको सामाजिक संजालमार्फत् जानकारी दिइसकेका छन् ।

विदेशबाटै साइकलका च्याम्पियन आए पनि यो खेलमा भाग्यले पनि साथ दिनुपर्ने संयोजक घिमिरेले बताए । ‘पोखरीमाथि रहेको ९ इन्चको काठको ट्याक्टमा साइकल गुडाउन त्यति सजिलो छैन । यहाँ राइडर भनेर डराउनु पनि पर्दैन । इच्छुक सबैलाई अनुरोग गर्दछु कि साइकल चलाउन जान्ने जोसुकैले प्रतियोगिताको उपाधि जित्न सक्नुहुनेछ । त्यसैले फाराम भर्न अनुरोध गर्दछु, संयोजक घिमिरे भन्छन् ।

पहिलो संस्करण अपेक्षा गरेभन्दा पनि बढी चर्चित रहेका कारण यसपटक पनि दोश्रो संस्करण गर्न लागिएको क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ पाउने छन् भने दोश्रो हुनेले २५ र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि १५ सय रुपैयाँ लाग्ने अनलाइन फारा भर्नुपर्ने संयोजक घिमिरेले जानकारी दिए ।

अनलाइन फारम भरेको खण्डमा आफ्नै अथवा आयोजकले बन्दोबस्त गरेका साइकल लिएर प्रतियोगतामा सहभागि हुन पाइने घिमिरेले बताए ।

उनका अनुसार अहिले पोखरीमा ट्याक बनाउने लगायतका काम भइरहेको छ । लायनस क्लव अफ कपिलवस्तुको आयोजनामा यहि असोज २७ गते ‘आगामी शनिबार’ हुने प्रतियोगितामा ३०० बढी राइडरले भाग लिने अनुमान गरिएको अध्यक्ष घिमिरेले बताए ।