मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले गरेको आक्रमणमा मारिने संख्या ६ सयभन्दा बढी

हमासले गरेको आक्रमणमा मारिने संख्या ६ सयभन्दा बढी

अपि टाइम्स

काठमाडौँ। इजरायल सरकारले शनिबार हमासले गरेको आक्रमणमा परि मारिनेको संख्या ६ सय भन्दा बढी रहेको जनाएको छ । मारिनेमा ४४ इजरायली सैनिक छन् ।
इस्लामिक अतिवादी समूह हमासले शनिबार एकै पटक फरक(फरक स्थानमा योजनाबद्ध आक्रमण गर्दा २ हजारभन्दा बढी घाइते भएको इजरायल सरकारको फेसबुक पेजमा लेखिएको छ । त्यसैगरी १ सयभन्दा बढीलाई बन्धक बनाएको जनाइएको छ ।

आक्रमणको प्रतिशोधमा इजरायलले प्यालेस्टिनी भूभाग गाजामा गरेको आक्रमण गर्दा २० जना बालबालिकासहित ३ सय ७० जना मृत्यु भएको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी २२ सय जनाको घाइते भएको बताइएको छ ।

इजरायली सुरक्षाफौज आइतबार पनि देशको दक्षिणी क्षेत्रमा हमास लडाकुविरुद्ध संघर्षमा रहेको गार्डियनले जनाएको छ । इस्लामिक अतिवादी समूह हमासको आक्रमणपछि प्यालेस्टायनमा आक्रमण सुरु गरेको हो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र शत्रुले महँगो मूल्य चुकाउनु पर्ने बताएका छन् । हमासले थप आक्रमणको तयारी गरेको जनाएको छ ।
शनिबार भएको आक्रमणमा नेपालसहित विभिन्न देशका नागरिकको समेत मृत्यु भएको छ ।