मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैँको अग्रिम टिकट बुकिङ आजदेखि, पुरानै भाडामा टिकट पाइने

दसैँको अग्रिम टिकट बुकिङ आजदेखि, पुरानै भाडामा टिकट पाइने

अपि टाइम्स

काठमाडौँ । आज (२२ असोज) देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ। दसैँ सुरु हुन एक साता बाँकी हुँदा अग्रिम टिकट बुकिङ खुल्ला भएको हो।

यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन्।
गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।

काठमाडौं उपत्यकाबाट दसैँको समयमा २० लाख यात्रु बाहिरिने गरेको विगतको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ।