मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इंग्लिस प्रिमियर लिगः फेरि हार्यो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिगः फेरि हार्यो म्यानचेस्टर सिटी

अपि टाइम्स

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक गोल गरेका थिए । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै आर्सनल २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर सिटीले भने शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

सिटीले जित निकालेको अवस्थामा २१ अङ्कका साथ शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । तर आर्सनलसँग पराजित भएसँगै सिटी १८ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको टोटनह्यामको २० अङ्क छ ।