मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय बिदा

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय बिदा

अपि टाइम्स

काठमाडौँ । सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार भोलि ९मंगलबार० सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको हो।

त्यस्तै, इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि त्यहाँ रहेका विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता गरेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भइसकेको छ। ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन्।

राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन छन्।