मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठीचार्ज

स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठीचार्ज

अपि टाइम्स

काठमाडौँ । संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

सुरक्षा घेरा तोडेर अघि बढ्न खोजेपछि सोमबार दिउँसो आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले स्थानीय तहका कर्मचारीमाथि लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा पनि हानेको थियो । प्रहरीको बल प्रयोगबाट केही कर्मचारी घाइते भएका छन् ।

संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू पछिल्लो केही दिनयता आन्दोलित छन् । प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाअन्तर्गत नै हुनुपर्ने पनि माग अघि सारेको छ ।