मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमास लडाकुको अखडा गाजा क्षेत्र कब्जा गर्न सेनालाई सरकारको निर्देशन

हमास लडाकुको अखडा गाजा क्षेत्र कब्जा गर्न सेनालाई सरकारको निर्देशन

अपि टाइम्स

एजेन्सी । इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले हमास लडाकुको अखडा गाजा स्ट्रिपलाई पूर्ण रूपमा कब्जा गर्ने बताएका छन् ।

उनले आफ्ना सेनालाई गाजा पूर्ण रूपमा कब्जा गर्न निर्देशन दिएका हुन् । त्यसो त गाजाको हवाई मार्ग, तट क्षेत्रहरू सबै इजरायलको नियन्त्रणमा छ । गाजा स्ट्रिपभित्र कस्ता खाद्यवस्तु जान दिने र नदिनेबारे इजरायलले नै निर्धारण गर्दै आएको छ ।

इजिप्टले पनि गाजा क्षेत्रमा कस्ता मानिसलाई पस्न दिने र नदिने निर्धारण गर्दै आएको छ । गत शनिबार मात्र गाजा क्षेत्रबाट पाँच हजार क्षेप्यास्त्र र रकेटहरू इजरायलमा आक्रमण गरिएपछि यतिबेला हमास र इजरायलका सेना हिंस्रक युद्धमा होमिएका छन् ।

हमासका सेनाहरूले तेल अभिभसँगै दक्षिणी इजरायलका ८ स्थानमा घुसेरै आक्रमण गरेका छन् । अझै पनि ती स्थानबाट हमासका सेनाहरू हटाउन सकिएको छैन । उनीहरूले सयौँ मानिसलाई अपहरण गरेर बन्दीसमेत बनाएका छन् ।

हमासका सेनाहरू इजरायलभित्र समुद्रको बाटो हुँदै, प्याराग्लाइडिङ गर्दै र सीमा क्षेत्रको तारबार भत्काउँदै इजरायल घुसेका हुन् । इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसकेका छन् ।

यस्तै, उता इजरायलका सेनाले हवाई आक्रमण गर्दा गाजा क्षेत्रमा ४ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुर्‍याएको छ । सार्वजनिक भएका भिडियोहरूमा गाजा क्षेत्रका केही भवन गर्ल्याम्मै ढलेको देख्न सकिन्छ ।