मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालोमोसो दल्ने दस्ता बनाएका दुर्गा प्रसाईँ आफैले पाए उपहार

कालोमोसो दल्ने दस्ता बनाएका दुर्गा प्रसाईँ आफैले पाए उपहार

अपि टाइम्स

काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।
नेकपा एमालेका युवाहरुले उनलाई कालोमोसो दलेको समाचारहरुमा आइरहेको छ । सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई कालोमोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे । ‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले भने । स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको  कतिपयले यो उनको चर्चित हुने डिजाइन रहेको बताएका छन् ।