मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली विद्यार्थीको रेस्क्यु, उनीहरुले भने, ‘आर्मीको सुरक्षाामा छौँ, बल्ल खाने कुरा पायौं’

नेपाली विद्यार्थीको रेस्क्यु, उनीहरुले भने, ‘आर्मीको सुरक्षाामा छौँ, बल्ल खाने कुरा पायौं’

अपि टाइम्स

एजेन्सी । हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालका अनुसार अहिले त्यहाँको सेनाले धमाधम सुरक्षित स्थान तेलअभिभतर्फ रेस्क्यू गरिरहेको छ।

आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले जानकारी गराएका छन्।

‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्,’ उनले भनेका छन्।

उनका अनुसार केहीलाई अहिले आर्मीले उद्धार गरेर लगिसकेको छ भने केहीको आधा घन्टामै उद्धार हुने बबताइएको छ।

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको आक्रमणका क्रममा निधन भइसकेको सरकारले बताएको छ।

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।