मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय स्वतन्त्र पार्टीका आजका सबै कार्यक्रम स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका आजका सबै कार्यक्रम स्थगित

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका आजका लागि तय भएका सबै कार्यक्रम स्थगित भएका छन् । पार्टीको संसदीय दलको कार्यालय हिजो सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको दलका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

इजरायलमा उद्दारको पर्खाइमा धेरै नेपााली रहेकोले प्रभावकारी कूटनीतिक पहल गर्न समेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

इजरायलको घटनाले सम्पूर्ण नेपालीहरू शोकमा परेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले यो घटनाको घोर भर्त्सना गर्ने निर्णय गरेको पनि परियारले बताए ।

प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा पार्टी सभापति रवि लामिछानेले घटनाका घाइते तथा अलपत्र परेकाहरुको उद्धारमा सरकारलाई महत्त्वपूर्ण सुझाव दिएको पनि उनले बताए । साथै पार्टीले यही असोज २९ र ३० गते नीति मन्थन कार्यशाला गर्ने निर्णय गरेको परियारले जानकारी दिए ।