मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा

बीपी प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले दिए राजीनामा

अपि टाइम्स

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका हुन् । चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए ।

जवाफमा मन्त्री बस्नेतले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र प्रतिष्ठानका पदाधिकारीहरुलाई पनि बोलाएर निकास निकाल्न निर्देशन दिएको जानकारी दिँदै पन्छिएको उनीहरुको आरोप छ ।