मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशबाट स्थायी शिक्षकमा सिफारिस हुँदा पाण्डे १ नम्बरमा

लुम्बिनी प्रदेशबाट स्थायी शिक्षकमा सिफारिस हुँदा पाण्डे १ नम्बरमा

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाका गणित शिक्षक डिल्लीराज पाण्डे स्थायी शिक्षकमा सिफारिस हुँदा लुम्बिनी प्रदेशबाट १ नम्बरमा सिफारिस भएका छन् । वडा नम्बर ८ बोडगाउँ निवासी पाण्डे शिक्षकसेवा आयोगले लिएको माध्यमिक तह गणित विषयको सबै परीक्षा पास गरी पाण्डे प्रदेशबाट १ नम्वरमा छनोट भएका हुन् । आयोगले सार्वजनिक गरेको रोल्नम्बरको योग्यताक्रममा पाण्डेको नाम पहिलो नम्बरमा छ ।

त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर तह उत्र्तिर्ण गरेका पाण्डे त्यस क्षेत्रमै अब्बल गणित शिक्षकको रुपमा परिचित छन् । उनले त्यहाँका केहि नीजि र सामुदायिक विद्यालयमा अध्यापनरत थिए ।

यो सफलताले आफ्नो एउटा सपना पुरा भएको उनले अपि टाइम्सलाई बताए । उनले भने ‘प्रदेशबाटै एक नम्बरमा छनौट हुन्छु भन्ने थाहा थिएन तर सबै परीक्षा राम्रो गरेको थिएँ । आशाबादी पनि थिएँ । यो विषयले धेरै खुसी भएको छु ।’
अध्यापनबाट पनि यस कुरालाई प्रमाणित गर्ने पाण्डेले बताए ।