मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अटो-रिक्सा व्यवस्थापनमा वाणगंगामा बल्ल समिति, तिलोत्तमाका सेवाग्राही निशुल्क चढ्न पाउँछन्

अटो-रिक्सा व्यवस्थापनमा वाणगंगामा बल्ल समिति, तिलोत्तमाका सेवाग्राही निशुल्क चढ्न पाउँछन्

अपि टाइम्स

काठमाण्डौँ । नगरपालिकाको दर्जा पाउँदा कपिलवस्तुको वाणगंगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगभग एकै समयमा दर्जा पाएका हुन् । सुगमता र विकासमा तिलोत्तमा रुपन्देहीमा अग्रणी स्थानमा आउँछ भने वाणगंगा पनि कपिलवस्तुमा अघि रहेको बताइन्छ । तर नगरबासीले भने वाणगंगाको विकास कागज, भाषण र दावीमा मात्रै अघि रहेको बताउँछन् ।

लुम्बिनी प्रदेशको बसाई सराई दर हेर्ने हो भने तिलोत्तममा सबैभन्दा बढी र वाणगंगा दोश्रो नम्बरमा छ । हरेक बर्षको बजेट हेर्दा पनि तिलोत्तमा र वाणगंगाको उस्तै उस्तै प्राय छ । त्यस आधारमा वाणगंगा कमजोर पालिका होइन । वाणगंगा कपिलवस्तुको सेन्टरमा पर्दछ । महेन्द्र राजमार्गसंग जोडिएको छ । अधिकांस व्यापारिक, स्वास्थ्य, शिक्षण र सामाजिक संस्था पनि वाणगंगा छन् ।

राजनीतिज्ञ, बुद्धिजिवी र नामुद ब्यापारी पनि यहिँ छन् । तर पनि यस पालिकाले भनेजस्तो विकासमा फड्को भने मार्न सकेको देखिँदैन । श्रोत साधन र सुगमताको हिसाबले यी पालिका उस्तै उस्तै भए पनि तिलोत्तमाको विकाससंग वाणगंगाको तुलना गर्न सकिन्न । स्थानीय तहको निर्वाचनपछिको ७ बर्षलाई हर्ने हो भने तिलोत्तमामाभन्दा वाणगंगामा विकासको गति धिमा छ ।

वाणगंगाको प्रमुख समस्यामध्ये ३ पाङ्ग्रे सवारी साधनको व्यवस्थापन नहुनु पनि एक हो । यहाँ सयौँको संख्यामा तिन पाङ्ग्रे अटो रिक्सा गुड्छन् । तर लामो समय भयो तिनीहरुको व्यवस्थापन भद्रगोल छ । पार्किङ नभएर महेन्द्र राजमार्गमा अटो पार्किङ हुँदा सडकमा दुर्घटनाको डर बढेको देखिन्छ भने भाडा असुल पनि मनपरी छ । यात्रुहरुले वाणगंगामा महंगो शुल्क तिरेर अटोको यात्रा गर्नु परेको गुनासो गरिरहन्छन् । अर्कोतर्फ यी अटो चल्ने रुटको पनि टुङ्गो छैन वाणगंगामा ।

जब कि यहि विषय तिलोत्तमा ब्यवस्थित छ । त्यहाँ पार्किङ छ भने जहाँ पायो त्यहाँ अटो गुडाउन पाइँदैन । मुख्य राजमार्गमा अटो चल्नको लागि रुट कायम भएको छ । भित्री सडकमा पनि जथाभावि अटोले शुल्क लिन पाउँदैनन् ।

यति मात्र होइन नगरमा सेवा लिन आउने सेवाग्राहीलाई नगरले निशुल्क अटोको ब्यवस्था पनि सुरु गरेको छ । मुख्य राजमार्गदेखि कार्यालयसम्म पुग्ने सक्ने गरी नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले अटोरिक्साचालक इन्द्रकला श्रेष्ठलाई चाबी हस्तारन्तरण गरेर सो कार्यको शुभारम्भ गरेका हुन्। सिद्धार्थ राजमार्गको शंकपुरदेखि तिलोत्तमा नगरपालिकाको कार्यालयसम्म आउने–जाने सेवाग्राहीहरूले सोमबारदेखि अब पैसा तिर्नुपर्ने छैन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले नगरवासीलाई सहज सेवा दिन निःशुल्क अटोरिक्सा सञ्चालन गरिएको बताए।
नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले नगरवासीहरूका लागि प्रदान गर्ने सेवा सहज होस् भन्नेतर्फ ध्यान दिँदै अगाडि बढ्ने धारणा राखेका थिए। अटोरिक्सा सिट भरिएपछि वा ढिलोमा १५ मिनेटमा सञ्चालन हुने बताइएको छ।

यता तिलोत्तमासंगै जबरजस्त नगरपालिका बनेको कपिलवस्तुको वाणगंगा नगरपालिकामा भने ३ पाङ्ग्रे अटो रिक्सा संचालन र ब्यवस्थापन सम्बन्धि बल्ल समिति बनेको छ । बुधबार नगर कार्यपालिकाको वैठक बसी तिन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागि पनि समिति गठन गरेको हो । वडा नम्बर ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा नगरले ७ सदस्यीय समिति गठन गरेको हो । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा न १ का वडा अध्यक्ष सन्जु सारू मगर, वडा न ८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

समिति बनेसंगै समितिले काम गर्नेमा नगरबासी आशावादी छन् भने समितिले द्रुत ढंगले काम गर्ने संयोजक रेश्मी बताउँछन् । पार्किङ, भाडामा एक रुपता लगायतमा चाँडै अटो समितिसंग बसेर छलफल गर्ने उनले बताए ।