मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि ५.२ म्याग्निच्युडको भूकम्प

अपि टाइम्स

काठमाडौँ । बझाङमा गएराति भूकम्प गएको छ । राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यही असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो । असोज १६ गते यता बझाङ केन्द्रबिन्दु बनाएर दर्जनौँ पटक भूकम्प गएको छ।