मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिफा विश्वकप छनोट चरणः काठमाडौँमा आज नेपाल र लाओसको खेल

फिफा विश्वकप छनोट चरणः काठमाडौँमा आज नेपाल र लाओसको खेल

अपि टाइम्स

काठमाण्डौ । फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।

खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।