मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले बन्धक बनाएकाहरुको रिहाइका लागि मध्यस्थता गर्न कतारलाई जर्मनीको आग्रह

हमासले बन्धक बनाएकाहरुको रिहाइका लागि मध्यस्थता गर्न कतारलाई जर्मनीको आग्रह

अपि टाइम्स

एजेन्सी । इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थताका लागि अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् ।

इजरायलमा आक्रमण गरेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह समेत गरेको छ । हमासले एक सय ५० जनाभन्दा धेरैलाई बन्धक बनाएको अनुमान छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले कतारलगायत विभिन्न देशहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बर्लिनका चान्सलर ओलाफ स्कोल्जसँग वार्ताका लागि बर्लिन जाने तयारीमा रहेका बेला बेयरबोकले यस्तो आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि हमासको राजनीतिक कार्यालय राख्न दिँदै आएको कतारले गाजालाई करोडौँ डलरको आर्थिक सहायता उपलब्ध गराएको छ । यसअघि पनि कतारले इजरायल र लडाकु समूहबीच सम्झौता गर्न मध्यस्थता गरेको थियो ।

कतारको विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको समेत जनाएको छ ।