मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल-लाओस् फुटबलः अञ्जन विष्टले ४९ औँ मिनेटमा फर्काए गोल

नेपाल-लाओस् फुटबलः अञ्जन विष्टले ४९ औँ मिनेटमा फर्काए गोल

अपि टाइम्स

काठमाडौँ । फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्धको नेपालले बराबरी गोल फर्काएको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका अञ्जन विष्टले खेलको ४९ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका छन्।

खेलको पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा बराबरी गर्दै खेलका फर्किएको हो।

योसँगै अञ्जनले राष्ट्रिय टोलीबाट १३ गोल पूरा गरेका छन्। उनले यसअघि हरी खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबर गरेका हुन्।

खेलको ३३ औं मिनेटमा कप्तान वोउचन वोउङकोङकोको गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो ।